ScreenFlicks Nepal
Skip to Content

खोटाङमा २५ वर्षीया युवतीको बलात्कारपछि हत्या, प्रहरी अनुसन्धानमा

September 18, 2025 by
Hemant Nath

खोटाङ – खोटाङको दिप्रङ चुइचुम्मा गाउँपालिका-४ निवासी २५ वर्षीया रेश्मिका परियार बलात्कारपछि हत्या भएकी छन्। उनको शव मंगलबार राति साढे १२ बजे मुसुरी ह्याकुलेस्थित जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ।


प्रहरीका अनुसार, रेश्मिका परियार मंगलबार पञ्चमी बजारस्थित अजम्बरी साना किसान कृषि सहकारी लिमिटेडमा काममा गएकी थिइन्। तर, साँझसम्म घर नफर्किएकाले उनका आफन्तले खोजतलास सुरु गरेका थिए।


जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुशान्त मिश्रले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको बताए। प्रहरीले घटनासँग सम्बन्धित सबै पक्षको अनुसन्धान गरिरहेको र दोषीलाई छिट्टै पक्राउ गर्ने प्रयास भइरहेको जानकारी दिएको छ।


साथै, प्रहरीले स्थानीय बासिन्दालाई सतर्क रहन र कुनै पनि शंका लाग्ने गतिविधि देखिए प्रहरीसँग सम्पर्क गर्न आग्रह गरे


को छ।

Hemant Nath September 18, 2025
Share this post
Tags
ScreenFlicks Nepal