के रे, फेरि तिमी प्रेम गर्न जाँदै छौ रे हाए,
मनको ढोका खोली, आँखा बन्द गरेर
फूलजस्तै कोमल सपना बोकेर
आफ्नो हृदय फेरी कसैलाई अर्पण गर्न खोज्दै छौ?
बाँचेर त आउछौ भन्थ्यौ, तर बाँच्न लाएक हुँदैनौ रे
यही त थियो तिम्रो अन्तिम प्रेमको पराजयको स्वर,
जहाँ प्रत्येक धडकन रोइरहेथ्यो
र आँसुले नै मसी बनाइ डायरी लेखिएको थियो।
के तिमी बिर्सियौ त्यो सुनसान साँझ
जहाँ तिमी आफैलाई पनि चिन्न छोडिसकेका थियौ?
तिमी मुस्कान लुकाएर हाँस्ने अभिनय गर्दै थियौ,
तर भित्र, तिमी टुक्रा-टुक्रा भइसकेका थियौ।
अब फेरी?
फेरी सोही बाटो हिँड्न खोज्दै छौ,
जहाँ बाटोभन्दा बढी चोटहरू छन्,
र प्रत्येक पाइला तिर
बुझ्न नसकिने मौनता र अधुरो संवादहरू छन्।
तर हेर,
यदि प्रेमले चोट दिन्छ भने
त्यसको सम्झनाले तिमीलाई अझ मान्छे बनाउँछ,
युद्ध हार्ने होइन,
प्रेम त अनुभूतिको युद्ध जित्ने साहस हो।
तर फेरि पनि
तिमी प्रेम गर्न जाँदैछौ भने,
आफ्नो हृदय सम्हाल,
किनभने बाँचेर फर्कनु मात्र प्रयाप्त होइन,
यसपल्ट बाँच्न पनि जान्नुपर्छ।