ओइलिएको फुलझैँ एक्लिएको छु ।
प्रिय भमरा,
तिमी नयाँ फूल खोज है,
जहाँ स्पर्शमा ताजगी होस्,
जहाँ सुवासले मन पग्लियोस् ।
म त अब स्मृतिको खण्डहर
जहाँ कहिल्यै नफर्किने पाइलाहरू छन्,
जहाँ तिमी थियौं, म थिएँ
तर अब केवल मौनता बाँकी छ ।
फूल सुक्छ,
भँवरा टाढिन्छ,
र समय..
उही पुरानो गीत बनेर
मनको कुनामा गुञ्जिरहन्छ ।
अब म त
झर्ने बेलाको पातझैँ
धर्तीलाई अँगाल्न तयार छु,
तिमी भने नयाँ बहारमा
मलाई बिर्सन सक्ने फूल रोज है
मलाई सम्झनु पर्दैन,
किनकि म पुरानो भैसकें ।